सार्वजनिक स्थलमा कुकुरलाई दिसापिसाब गराए कारबाही
SamacharDesk – समाचारडेस्क | २०८० पौष २५, बुधबार

काठमाण्डौ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक ठाउँमा दिशापिसाब गराउनेलाई कडा कारबाही गर्न थालेको छ ।
सार्वजनिक स्थलमा कुकुरलाई दिसा पिसाब गराउँदा वातावरण फोहोर भई रोगको संक्रमण फैलिने गरेको भन्दै महानगरपालिकाले सो निर्णय लिएको हो।
पटक पटक सचेत गराउँदै आए पनि सार्वजनिक ठाउँमा दिशापिसाब गराउन नछाडेपछि कुकुरलाई नै नियन्त्रणमा लिन थालेको हो ।
काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार यसका लागि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी दिनुभयो ।
कुकुरधनीहरूले सार्वजनिक स्थानमा कुकुरलाई शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर जफत गरिएको पाण्डेको भनाइ छ। गत चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिक स्थलमा कुकुरलाई शौच गराउने कुकुरधनी विरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो ।
यसपटक भने काठमाण्डौ महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ ।
सार्वजनिक ठाउँमा कुकुरलाई शौच गराउन हो भने कुकुरको फोहर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ । एक अध्ययन अनुसार एउट ा कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिन्छन्।
कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्छन्। यसबाट रोगको संक्रमण बढ्छ। एउटा कुकुरले वर्षको औसत २ सय ७४ पाउन्ड ९एक लाख २४ हजार दुई सय ८४ ग्राम० दिसा अध्ययनले बताएको छ ।
कुकुरको एक ग्राम दिसामा २ लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुने तथ्य पत्ता लागिसकेको छ । काठमाडौं महानगर कावातावरण व्यवस्थापन विभागले सार्वजनिक स्थलमा शौच नगराउन सबै कुकुर धनीहरुलाई सूचना यसअघि नै जारी गरिसकेको छ ।
बाहिर शौच गराएको वा नगराएको हेर्नका लागि अनुगमन टोली खटाइएको छ । सार्वजनिक ठाउँमा दिसा पिसाब गराएको पाइएमा पशुपन्छी मन्त्रालयको नियामावलीअनुसार कारबाही र जरीवाना गराइने महानगरले जनाएको छ ।
Categorized in स्थानीय