arin enterprises

बालाजुको तरकारी बजारमा आगलागी

SamacharDesk | २०७८ फाल्गुण २२, आइतबार

काठमाडौं महानगर–१६ स्थित बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा गएराति आगो लागेको छ ।

उक्त टहरामा गएराति पौने १ बजेतिर आगो लागेको महानगरीय प्रहरी वृत्त बालाजुले बताए । पाँच वटा दमकलको सहायताले प्रहरीले आधा घण्टा लगाएर आगो नियन्त्रणमा लिएको छ ।

आगलागीबाट कति क्षति भयो भन्ने विवरण आउन बाँकी नै रहेको छ ।

Categorized in समाज