arin enterprises

ठूलो मात्रामा गाँजा बरामद

SamacharDesk | २०७९ फाल्गुण ३, बुधबार

मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी. गाँजा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा नगरपालिका ३ बस्ने बिशाल गोपालीलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ना ६ ख ४५२० नम्बरको गाडीमा जाँच गर्दा गाडीको क्याविनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको थियो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गोपालीलाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ । 

Categorized in अपराध