arin enterprises

मन्त्रालयको भागवण्डा टुंगियो

SamacharDesk | २०७९ चैत्र १६, बिहिबार

सत्ता गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याएको छ ।

जस अनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने नेताहरुले सहमति गरेका छन् ।

गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, भूमि व्यवस्था, सामान्य प्रशासन, स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ भने माओवादीले गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो । त्यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ ।

त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत रहेको नेताहरुले बताएका छन् । अन्तिम समयमा कुनै पनि दलले विवाद सिर्जना नगरे अहिलेसम्मको सहमतिअनुसार यिनै मन्त्रालयमा सहमति टुंगिएको बताइएको छ ।

Categorized in राजनीति