arin enterprises

स्रोत नखुलेको रकमसहित चिनिया नागरिक पक्राउ

SamacharDesk | २०७९ जेठ २४, मंगलबार

चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद सहित पाँच जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् । उनीहरुको साबाट तीन करोड ८९ लाख १३ हजार रूपैयाँ मंगलबार विहान प्रहरीले बराम गरेको छ । 

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङलगायत चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Categorized in समाज