arin enterprises

ज्यापु समाज यलद्वारा ब्याडमिन्टन प्रतियोगिता गर्ने

SamacharDesk – - | २०८० भाद्र १८, सोमबार

ज्यापु समाज यलः स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।

ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको हो ।

समाजका संस्थापक अध्यक्ष स्वर्गीय काजीलाल अवालेको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । आगामी भदौ २० देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ४ विधामा ललितपुरका ४० वटा टोल र बहाबहीका खेलाडीहरुको सहभागिता प्रतिस्पर्धा हुँदैछ ।

मेन्स डबल, भेट्रान्स डबल, अण्डर सेभेन्टिन ब्याईज र अण्डर सेभेन्टिन गल्र्स् गरी चार विधामा प्रतिस्पर्धा गराउन लागिएको समाजले जनाएको छ ।

आफ्नो स्वास्थ्य आफ्नो हातमा भन्ने भनाई अबलम्बन गर्दै युवाको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएका छन् ।

प्रतियोगिताका लागि १६ लाख रूपैयाँ लागत अनुमान रहेको र विजेताहरू मध्ये मेन्स डबलमा प्रथम हुनेलाइ २० हजार,द्वितीय हुनेलाइ १० हजार र तृतीय हुने दुइ समूहलाइ ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी भेन्ट्रान्स डबलमा १५ हजार, ८ हजार र ४–४ हजार, अण्डर १७ ब्वाइज तथा गर्ल्सका लागि, १० हजार, ५ हजार र ३–३ हजार रूपैयाँ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेलाइ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन ललितपुरका मेयर चिरीबाबु महर्जनले गर्नुहुने भएको छ भने समापन कार्यक्रममा ललितपुरका सांसद रामकृष्ण चित्रकार प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुने भएको छ ।

प्रतियोगिता हरेक वर्ष संचालन गर्नका लागि स्व। काजिलाल अवालेको परिवारजनको तर्फबाट १० लाखको अक्षयकोष राख्ने प्रतिबद्धता जनाएको र यसलाइ अन्य दाताहरूको सहयोगमा वृद्धि गर्दै जाने लक्ष्य रहेको संयोजक बाबुराजा ज्यापुले बताउनु भयो ।

Categorized in स्पाेर्ट्स