arin enterprises

विभिन्न स्थानबाट अवैध सामानहरु नियन्त्रणमा

SamacharDesk | २०८० बैशाख १४, बिहिबार

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट बैशाख १४ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित ४ थान साईकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, जुत्ताचप्पल, किटनाषक औषधि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (विओपी गड्डाचौकी) ले नियन्त्रणमा लिएको हो ।     

नियन्त्रणमा लिईएको सामान तथा साईकल गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।

उता ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ स्थित आलेभञ्याङ्गबाट सशस्त्र प्रहरीले करीव ५ लाख ५१ हजार रुपैयाँ बराबरको विभिन्न सामानसहित गाडी नियन्त्रणमा लिएको छ ।

मे १ ज १५०२ नम्बरको पिकअप गाडीमा राखी भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २२ बोरा युरिया मल, ५ कार्टुन भाडाँ धुने साबुन, ६० केजी जिरा, १७ कार्टुन मदिरा र २० कार्टुन बियर सशस्त्र प्रहरी बल नेपाल विओपी जौबारीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको सामान र गाडी आवश्यक कारवाहीको लागि पशुपति भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।

यस्तै सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ मारिया खोला ईलाकाबाट सशस्त्र प्रहरीले करीव ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित ४ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

को १२ प ९०४, को ६ प ७७२१, प्रदेश १–०२–०४५ प ५२ र को १५ प ९१५५ नम्बरको मोटरसाईकलमा अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज (विओपी कप्तानगंज) ले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको लत्ताकपडा तथा मोटरसाईकल सुनसरी भन्सार कार्यालयमा बुझाईएको छ ।

Categorized in अपराध
SKIP THIS maharjan complex bumper adv