arin enterprises

फेरि कोरोनो संक्रमण बढ्न थाल्यो

SamacharDesk | २०७९ श्रावण ७, शनिबार

विश्व नै आक्रान्त भएको कोरोना भाइरसको संक्रमण केही समय अघि कम भएपनि फेरि यसले आफ्नो पकड जमाउन थालेको छ ।

नेपालमा पनि यसको संक्रमण पछिल्लो दिनहरुमा ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार ८८ पीसीआर परीक्षण गर्दा २१६ र एक हजार ९०८ एन्टीजेन परीक्षण गर्दा ११९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ८६ जना सङ्क्रमण मुक्त भएका छन् भने सोही समयमा मृत्यु दर भने शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

Categorized in समाज