arin enterprises

उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुसहित पक्राउ

SamacharDesk | २०७९ श्रावण १८, बुधबार

साढे २२ लाख घुससहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिजो नक्सालको होटेलबाट पक्राउ गरेको हो ।

नेपालले प्याराग्लाइडिङको उडान अनुमतिका लागि घुस मागेको र त्यो रकम लिएको सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको अख्तियाले जनाएको छ ।

पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियारको टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेकोमा अपरान्ह होटल अरण्यबाट घुससहित पक्राउ गरेको हो ।

होटलबाट ६ लाख रुपैंया घुस लिंदै गर्दा पक्राउ परेका उपसचिव नेपालको गाडीबाट साढे १६ लाख बरामद गरिएको थियो । उनको गाडीबाट बरामद भएको रकमको पनि उपसचिव नेपालले स्रोत खुलाउन नसकेको अख्तियारले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गर्दा अर्थशास्त्र संकायका गोल्डमेडलिस्ट उनी छात्रवृत्तिमा बेलायत पढ्न गएका थिए ।

बेलायतबाट फर्केको ६ महिनामै उनी घुसकाण्डमा पक्राउ परेका हुन् ।

Categorized in समाज