arin enterprises

प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी

SamacharDesk | २०७९ फाल्गुण ७, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुल विजयी हुँदा चेल्सी पराजित भएको छ ।

गएरातिको खेलमा आर्सनलले एस्टन भिल्लालाई ४–२ ले हरायो । आर्सनलको जितमा बुकायो साका, जिन्चेन्को र ग्याब्रियल मार्टीनेलीले एक एक गोल गर्दा भिल्लाका मार्टिनेजले एक आत्माघाति गोल गरे ।

एस्टन भिल्लाका ओल्ली वाट्कीन्स र कौटिन्होले एक एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले न्युकासल युनाइटेडलाई २–० ले हरायो ।

लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे । गएराति म्यान्चेस्टर सिटीलाई नटीङ्घम फरेष्टले १–१ गोलको बराबरीमा रोक्दा चेल्सीलाई साउथह्याम्पटनले १–० ले हरायो ।

गएराति भएका अन्य खेलहरुमा फुल्हमले ब्राइटनलाई १–० ले हराउँदा एभर्टनले लिड्स युनाइटेडलाई तथा बर्नमाउथले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले पराजित ग¥यो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा २३ खेलबाट ५४ अंक जोडेको आर्सनल शिर्ष स्थानमा फर्किएको छ ।

एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी ५२ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ४६ अंक छ ।

Categorized in स्पाेर्ट्स