इंग्लीश प्रिमियर लिगमा आर्सनलद्धारा चेल्सी पराजित
SamacharDesk | २०८० बैशाख २०, बुधबार

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई ३–१ ले हराएको छ ।
गएराति आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन मार्टीन ओडेगार्डले दुई गोल गर्दा ग्याब्रियल जिससले एक गोल थपे ।
चेल्सीका लागि नोनी मादुकेले एक गोल फर्काए । यो जितसँगै आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा फर्किएको छ ।
लिगमा ३४ खेलबाट आर्सनलको ७८ अंक छ । दुई खेल कम खेलेको म्यान्चेस्टर सिटी ७६ अंकसहित दोस्रो स्थानमा रहँदा ३३ खेलबाट ६५ अंक जोडेको न्युकासल युनाइटेड तेस्रो स्थानमा छ ।
३३ खेलबाट ३९ अंक मात्रै जोडेको चेल्सी भने तालिकाको ११औं स्थानमा रहेको छ । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको चेल्सीले अन्तरिम प्रशिक्षक फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा लगातार ६ खेल हारेको छ ।
Categorized in स्पाेर्ट्स