म्यान्चेस्टर सिटीद्वारा लिड्स युनाइटेड ३–१ ले पराजित
SamacharDesk | २०७९ पौष १४, बिहिबार

फिफा विश्वकपका कारण रोकिएको ईंग्लिस प्रिमियर लिगका खेलहरु पुनः सुचारु भएका छन् ।
यस सिजनको इंग्लीश प्रिमियर लिग फुटबलमा हिजो म्यान्चेस्टर सिटीले लिड्स युनाइटेडलाई ३–१ ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान सिटीलाई विजयी गराउन अर्लिङ ब्रट हाल्याण्डले दुई गोल गर्दा रोड्रिले एक गोल थपे ।
पराजित टोली लिड्स युनाइटेडका पास्कल स्ट्राइकले एक गोल फर्काए । यो खेलमा दुई गोल गरेका हल्याण्डले इंग्लीश प्रिमियर लिग फुटबलमा सर्वाधिक छिटो २० गोल पूरा गर्ने कीर्र्तिमान बनाएका छन् ।
यसै सिजनको सुरुमा म्यान्चेस्टर सिटी प्रवेश गरेका हल्याण्डले १४ खेलमै २० गोल पूरा गरेका हुन् । यो जितसँगै म्यान्चेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
सिटीको १५ खेलबाट ३५ अंक भएको छ । समान खेलबाट ४० अंक जोडेको आर्सनल शिर्ष स्थानमा यथावत छ ।
Categorized in स्पाेर्ट्स