arin enterprises

एफ.ए. कपको उपाधी युनाइटेडले जित्यो

SamacharDesk | २०८१ जेठ १३, आइतबार

म्यान्चेस्टर युनाइटेडले यो वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ ।

गएराति भएको इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा सम्पन्न फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

खेलमा म्यान्चेस्टर युनाइटेडका लागि अलेक्जान्द्रो गार्नाचो र कोबी माइनोले एक एक गोल गरे । म्यान्चेस्टर सिटीका जेरेमी डोकुले एक गोल फर्काए । खेलको ३०औं मिनेटमा गार्नाचोको गोल गर्दै युनाइेडलाई अग्रता दिलाएका थिए ।

माइनोले ३९औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । जितसँगै म्यान्चेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन ह्यागको नेतृत्वमा सिजनको पहिलो उपाधि जितेको छ ।

युनाइटेडले १३औं पटक एफए कपको उपाधि जितेको हो । युनाइटेडभन्दा आर्सनलले एक बढी अर्थात सर्वाधिक १४ पटक उपाधि जितेको छ ।

यो सिजनको प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीको भने अर्को एउटा उपाधि थप्ने योजना टुटेको छ ।

Categorized in स्पाेर्ट्स