फ्रान्सको विद्यालयमा अबाया पोसाक प्रतिबन्ध
SamacharDesk | २०८० भाद्र ११, सोमबार

फ्रान्स सरकारले सरकारी विद्यालयहरुमा मुस्लिम समुदायहरुले लगाउने पोसाक अबाया लगाउन प्रतिबन्ध लगाएको छ ।
विशेषगरी मुस्लिम छात्राहरुले खुला र लामो पहिरन लगाउने गरेकोमा त्यसलाई लक्षित गरी नयाँ नियम लागू गरिएको हो ।
आगामी सेप्टेम्बर ४ बाट लागू गरिने नियम कडाइका साथ पालना गराइने त्यहाँका अधिकारीहरुले बताएका छन् ।
पहिरनकै आधारमा कसैको धर्म पहिचान गर्न नसकियोस भनेर अबायालाई विद्यालयमा प्रतिबन्ध लगाइएको फ्रान्सका शिक्षा मन्त्री गाब्रिएल अटलले बताएका छन् ।
विद्यालयमा सबै समान हुने भएकाले कुनै पनि धर्म र सम्प्रदायको पहिचान पोसाकबाट झल्किन नहुने उहाँको भनाइ छ ।
त्यस्तै फ्रान्सले धर्मनिरपेक्ष कानूनको उल्लङ्घन गर्ने तर्क गर्दै विद्यालय र सरकारी भवनहरूमा धार्मिक चिन्हहरू बनाउन कडा प्रतिबन्ध लगाएको छ ।
फ्रान्सेली विद्यालयहरूमा अबाया लगाउने विषयमा महिनौंदेखि चलेको बहसपछि यो कदम चालेको जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय