arin enterprises

दीर्घरोगीहरुले पाउने अनुदान पालिकाबाट प्राप्त हुने

SamacharDesk | २०७८ चैत्र २३, बुधबार

सरकारले दीर्घरोगीका विरामीहरुलाई दिइने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् ।

सरकारले चैत १३ गतेको मन्त्रिपरिषद बैठकबाट मृगौला प्रत्यारोपण, डायलाइसिसमा रहेका, क्यान्सर रोगी र मेरुदण्डको पक्षघात भएका व्यक्तिलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।

सेवाग्राहीहरुले उक्त रकम प्राप्त गर्न वडा वा पालिकामा सम्पर्क राखी आवश्यक प्रकृया पूरा गरेपश्चात व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।  

सेवाग्राहीको खाता नम्बरमा हरेक तीन÷तीन महिनामा मासिक पाँच हजारका दरले रकम जम्मा गरिदिने उहाँले बताउनुभयो । 

पेन्सन पाइराखेकाहरुले भने यस्तो सुविधा नपाउने तर जेष्ठ नागरिक तथा एकल महिलाले भने भत्ता पाइरहेको भएपनि उपचार बापतको सो रकम पाउने उहाँको भनाई छ ।

Categorized in समाज