एनसेलले हरियाली विकास अन्तर्गत ग्रीन बेल्ट उद्घाटन
SamacharDesk | २०७९ आषाढ २१, मंगलबार

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीनबेल्टको मंगलबार उद्घाटन गरिएकोछ ।
एनसेलले वन तथा भू–संरक्षण विभाग सँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडकखण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा। राजेन्द्र के। सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्तरुपमा एक कार्यक्रमाझ मंगलबार उक्त ग्रीनबेल्ट उद्घाटन गरेकाछन् ।
एनसेलले यस सामाजिक पहल अन्तर्गत कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ सहित हरियाली निर्माण सकाएर हाल यस क्षेत्रको संरक्षणको काम गरिहेको छ ।
यो परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको छ र यसले रिङरोड सडकखण्डमा सफा र हरियालीलाई प्रवर्द्धन गरेकोछ । यस कार्यक्रम अन्तर्गत रहि एनसेलले ल्यान्डस्के पिङ सहित हरियाली निर्माण र संरक्षण बाहेक कोटेश्वरदेखि कलंकी सडक खण्डमा वृक्षारोणमा पनि योगदान पुर्याएको छ ।
यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने भएकोले एनसेलले सन् २०२४ सम्म यस ग्रीनबेल्टको संरक्षण गर्नेछ ।
Categorized in बिजनेस