arin enterprises

समाजवादी ट्रेड युनियनले वितरण गरे स्वास्थ्य सामाग्री

SamacharDesk – Bijay Ratna | २०७८ श्रावण ३, आइतबार

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी) बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो ।

प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रमिक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक संगठनको केन्द्रीय कमिटिको संयोजकत्वमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य सामग्री समाजवादी ट्रेडयुनियन महासंघ नेपाल स्वतन्त्रको केन्द्रीय अध्यक्ष नवराज दाहालसहित अन्य पदधिकारीहरूको उपस्थितिमा वितरण गरिएको थियो । सो अवसरमा अध्यक्ष गोलेले श्रमिकहरूको पनि हकहित र श्रमिकको निमित सदैव खटेर डटेर सेवा गरिरहने बताउनुभयो ।

देशैभरिका लाखौ श्रमिकहरूको आवाजलाई बेवास्ता गरिए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि उहाँले दिनुभयो । देशैभरिका श्रमिकहरूको निमित राम्रो भूमिका खेल्नका लागि वर्तमान सरकारले समन्वय गर्न उहाँले आग्रह गर्नुभयो ।

Categorized in समाज