arin enterprises

बेलायतको अधिनबाट हङकङ छुटेको २५ वर्ष पूरा

SamacharDesk | २०७९ आषाढ १७, शुक्रबार

बेलायतको अधिनबाट हङकङ चीनमा सम्मिलित भएको आज २५ वर्ष पुगेको छ । आज यसको रजत महोत्सवलाई हङकङमा भव्य रुपमा मनाईंदैछ ।

बेलयातले हङकङलाइृ ९९ वर्षका लागि लिजमा लिएको थियो र सन् १९९७ मा चीनले पुन आप्mनो अधिनमा ल्याएको थियो ।

रजत महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशद्रोही र राष्ट्रघातीले शासन गर्न नपाउने संसारको नियम रहेको भन्दै हङकङमा शासन गर्न पनि देशभक्त नै हुनुपर्ने तर्क गर्नुभयो ।

रजत महोत्सव र राष्ट्रपति सी को भ्रमणका कारण हङकङको सुरक्षा ब्यवस्था निकै कडा बनाइएको छ । हङकङ बढ्दो चिनियाँ पकड र स्वतन्त्रता कुण्ठित गरेको भन्दै केही विरोधका स्वरहरु सुनिए पनि उनीहरुलाई सडकमा उत्रिन दिइएको छैन ।

आजै साँझ भिक्टोरिया हार्वरमा भब्य आतिसबाजी कार्यक्रम राखिएको छ । बेलायतबाट हङकङ चीनलाई फिर्ता गर्ने क्रममा विशेष कानुनबाट शासन सञ्चालन गर्ने र लोकतान्त्रिक अधिकारहरु सुनिश्चित रहने सहमति भए पनि चीनले विस्तारै आफ्नो पकड कसिलो बनाउँदै आफ्नै शैलीको शासन ब्यवस्था लाद्न खोजेको आरोप चीनमाथि लाग्दै आएको छ ।

Categorized in अन्तर्राष्ट्रिय