अन्नपूर्ण हिमाल आरोहणको क्रममा आयरल्याण्डका नागरिकको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० बैशाख ६, बुधबार

अन्नपूर्ण हिमाल आरोहण गरी फर्कने क्रममा आयरल्याण्डका एक नागरिकको मृत्यु भएको छ । आयरल्याण्डका ५६ वर्षीय नोयल हानाको मंगलबार मृत्यु भएको हो ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण वेश क्याम्पको क्याम्प ३ बाट क्याम्प २ तर्फ फर्कने क्रममा चिप्लिएर लड्दा उनको मृत्यु भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिई गत चैत ३ गते हाना उतातर्फ गएका थिए ।
अन्नपूर्ण हिमाल आरोहणको लागि सेभेन समिट प्रालिबाट गएको २५ जनाको टिमबाट नोयल हानाको मृत्यु भएको हो ।
यसैक्रममा एक जना भारतीय नागरिक घाइते भएको र एक जना भारतीय नागरिक बेपत्ता भएको बताइएको छ ।
घाइते भारतीय नागरिकको काठमाडौंस्थित सिविक अपस्तालमा उपचार भइरहेको छ । बेपत्ता भएका भारतीय नागरिकको खोजी भइरहेको छ ।
आरोहणमा गएका २१ जनालाई अल्टिटियुड एयर र हेलि एभरेष्टको हेलिकोपटरबाट सकुशल उद्धार गरिएको छ ।
Categorized in समाज