जाजरकोट र रुकुमका भूकम्पपीडितहरुको अवस्था (फोटो फिचर)
कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्नेच्यूडको भूकम्पका कारण हजारौं घरहरु भत्कियो भने ठूलो जनधनको क्षति भयो । सरकारबाट राहतका लागि करोडौं बजेट निकासा गरे पनि प्रतिपरिवार ५० हजार पाउनु पर्ने नपाएको गुनासो उनीहरुको छ । अझ यतिबेला कठ्यांग्रिदो चिसोमा पनि त्रिपालकै वासमा बस्नुपर्दा अवस्था दयनीय रहेको छ । तथापि कठ्याङ्ग्रीदो जाडोमा बच्न सरकार र दाताको मुख ताक्नुबाहेक अन्य बिकल्प उनीहरुसंग देखिदैन । सहकर्मी क्यामरा पर्सन देवेन्द्र महर्जनले जाजरको र रुकुम भ्रमणका अवसरमा कैद गरेका तस्वीरहरुः
