arin enterprises

टुकुचामा निर्मित संरचना हटाउन बाटो खुल्यो

SamacharDesk | २०८० बैशाख २४, आइतबार

काठमाडौं महानगरपालिकाले टुकुचामा निर्मित अवैध संरचनाहरु हटाउने अभियान फेरि शुरु गर्ने भएको छ ।

महानगरका मेयर बालेन शाहले आज विहान सामाजिक सञ्जालबाट उहाँले उक्त जानकारी दिएको हो । मेयर शाहले काठमाडौंको मध्य भागबाट बग्ने टुकुचा खोलाको अतिक्रमण हटाउन वैधानिक रुपमा बाटो खुला भएको बताउनु भएको हो ।

पाटन उच्च अदालतको फैसलाबाट टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा बग्न दिने बाटो खुला भएको भन्दै मेयर शाहले अब अतिक्रमित संरचना हटाउने काम पुनः अघि बढ्ने बताउनु भएको छ ।

उहाँले टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वाेत्तम हीत हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने प्रकृया अगाडि बढाउने बताउनु भएको छ ।

उच्च अदालतले टुकुचा ढल नभएर खोला नै हो भन्ने ठहर गरेको भन्दै उहाँले फैसलाले काठमाडौं महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको समेत ध्यानाकर्षण गरेको उल्लेख गर्नुभएको छ ।

मेयर शाहले कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, सोको दायाँबायाँ वा नदी माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने पनि दोहो¥याउनु भएको छ ।

कुनै पनि खोला छोप्ने कार्य बर्जित हो भन्दै उहाँले फैसलाबाट टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने महानगरपालिकाको पहिलो प्रयासलाई सफलता मिलेको बताउनु भएको छ ।

Categorized in स्थानीय
SKIP THIS maharjan complex bumper adv