arin enterprises

सीसीटीभी जडान गर्न महानगरको ६ करोड सहयोग

SamacharDesk | २०८० बैशाख ८, शुक्रबार

काठमाडौं महानगरपालिकाले महानगर भित्रका चोकचोकमा सीसीटीभी राख्न नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

महानगरका प्रमुख बालेन शाहले आज बिहान सामाजिक सञ्जाल मार्फत सीसीटीभी राख्न नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिएको जानकारी दिनुभएको हो ।

चोरी डकैती नियन्त्रण तथा सवारी दुर्घटना न्युनिकरणका लागि शहरका चोक चोकमा सीसीटीभी जडान गर्ने चुनावी प्रतिवद्धता अनुसार प्रहरीलाई रकम उपलब्ध गराएको मेयर शाहले उल्लेख गर्नुभएको छ ।

शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्युनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता शहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आबद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई बजेट उपलब्ध गराएको पनि उहाँले बताउनु भएको छ ।

नेपाल प्रहरीसँग अझै धेरै सहकार्य हुने पनि उहाँले बताउनु भएको छ ।

उनले आप्mनो ट्विटमा भनेका छन्, “चुनाब पहिले मैले भनेको थिए चोक चोकमा ऋऋत्ख् हाल्नेछु , यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौ । यो सुरुवात मात्र हो हामी भबिस्यमा अझै धेरै सहकार्य गर्नेछौ ।”

Categorized in स्थानीय