arin enterprises

महानगरको निर्णयमा हेरफेर गरेको आरोपमा तीन कर्मचारी निलम्बन

SamacharDesk | २०८० पौष १८, बुधबार

काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ ।

काठमाडौं महानगरपालिका वडा १९ को स्वास्थ्य सेवा प्रर्वद्धन केन्द्रमा राखिने कर्मचारीको निर्णय कार्यान्वयनमा अनियमिता गरेपछि उक्त कर्मचारीहरु निलम्बनमा परेको हे । 

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता देखिएपछि मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको हो ।

सो विषयमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको नाम समेत जोडिएपछि निर्णय प्रक्रियामा असर हुनसक्ने आशंकामा अधिकारीलाई पनि विदामा बस्न भनिएको छ ।

पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरीको नाम थपेर ६ जना बनाएको आरोप छ ।

यस विषयमा प्रमुख बालेन आफैले छानविन सुरु गरेको महानगर प्रवक्ता नविन मानन्धरले बताएका छन् भने घटनाको छानबिनका लागि सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा समिति गठन गरिएको छ ।

Categorized in स्थानीय