काठमाडौं महानगरपालिकाको आर्थिक वर्षको बजेट पारित
SamacharDesk | २०७९ आषाढ २५, शनिबार

काठमाडौं महानगरपालिकाले ल्याएको आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट शुक्रबारको नगरसभाबाट पारित भएको छ ।
असार १० गते महानगरले ल्याएको बजेट तीन चरणमा छलफल भएपछि संशोधनसहित बजेट सर्वसम्मतबाट पारिएको महानगरले जनाएको छ ।
बजेटका विषयमा वडाबाट छलफल विना बजेट पारेको तथा बजेटमा दलित शब्द नपरेको भन्दै केही नगरसभा सदस्यहरुले आपत्ति समेत जनाएका थिए ।
त्यस्तै इन्जिनियरहरुको संख्यामा कमी गरेको तथा प्राविधिक जनशक्तिको पनि कमी भएको गुनासो गरेका थिए । गुनासो सम्बोधन गदै मेयर साहले तत्काल दलित शब्द राख्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।
बजेट र कार्यक्रम नपरेको भए १२ वटा विषगयत समितिका संयोजकलाई जानकारी दिन साहले आग्रह गरेका थिए । विनियोजन विधेयक पनि सर्वसम्मत पारित भएको छ ।
१७ असारमा महानगरले आर्थिक विधेयक सर्वसम्मत पारित गरेको थियो । आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरुमा छलफल भएको थियो ।
छलफलमा उठेका प्रस्तावहरुसंशोधन सहित समावेश गर्ने प्रतिबद्धता मेयर साहले व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको थियो ।
Categorized in स्थानीय