महाशिवरात्रीमा पशुपति क्षेत्र वरपर मासु र मदिरा प्रतिबन्ध
SamacharDesk | २०८० फाल्गुण २२, मंगलबार

जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रका विभिन्न स्थानमा मासु र मदिरा प्रतिवन्ध गरेको छ ।
प्रशासनले एक सूचना जारी गर्दै पर्वलाई लक्षित गरेर पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा तथा नसालु पदार्थ बेचबिखन गर्न रोक लगाएको छ ।
प्रशासनले पाशुपत क्षेत्र वरिपरी २३ देखि २७ फागुनसम्म मासु र मदिरा बेचबिखन र ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाइएको हो ।
जारी सुचना अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा रोक लगाइएको हो ।
सुचनाको बर्खिलाप गरे कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही भइजाने ब्यहोरा समेत यसै सूचनाद्वारा सेचत गराएको छ ।
साथै प्रशासनले महाशिवरात्री पर्वलाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन समेत आग्रह गरेको छ ।
महाशिवरात्री पर्व आगामी २५ गते शुक्रबार परेको छ ।
Categorized in राष्ट्रिय