आज सातौं राष्ट्रिय झण्डा दिवस
SamacharDesk | २०८१ पौष १, सोमबार

सातौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसको रुपमा मनाईने गरिएको छ । राष्ट्रिय झन्डा दिवसको अवसरमा आज काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झन्डा बोकेर र्याली निकालिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९ सय ६२ डिसेम्बर १६ अर्थात् २०१९ पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताउनुभयो ।
Categorized in राष्ट्रिय