कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेश
SamacharDesk | २०८० फाल्गुण ८, मंगलबार

नेपाली काँग्रेसको महासमिति गोदावरीमा जारी बैठकको बन्दसत्र मंगलबारबाट सुरु भएको छ । महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्।
बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गर्नुभएको हो।
महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनमा मध्यरातमा सहमति जुटेको थियो । लामो छलफलपछि सभापति देउवा महामन्त्री थापाको विषयमा सहमत भएपछि आज प्रतिवेदन पेश हुने भएको हो ।
महामन्त्री थापाले सांठगनिक प्रतिवेदनमा भविष्यमा हुने चुनावमा निर्वाचन पूर्व गठबन्धन नगर्ने संकल्प गर्ने प्रस्तावमा संस्थापन पक्षले आपत्ति जनाएको थियो ।
लगातार छलफल गर्दा पनि सहमति नजुटेपछि सभापति देउवाले उद्घघाटनका क्रममा गठबन्धनबारे अहिले निर्णय नगर्ने मत राख्नुभएको थियो ।
Categorized in राजनीति