arin enterprises

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

SamacharDesk | २०८० श्रावण ७, आइतबार

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

मौद्रिक नीति पारित गर्नका लागि आज विहान राष्ट्रबैंक सञ्चालक समितिको वैठक डाकिएको छ । सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति राष्ट्र बैंकको व्यवस्थापन समितिले पारित गरिसकेको छ ।

सञ्चालक समितिले पारित गरेमा आज दिउँसो २ बजेसम्म जारी गर्ने कार्यक्रम रहेको गभर्नर कार्यालय स्रोतको दाबी छ। राष्ट्रबैंकमाथि अघिल्ला आर्थिक वर्षहरुको भन्दा खुकुलो मौद्रिक नीति ल्याउन राजनीतिक तथा निजी क्षेत्रको दबाव रहेको छ ।

तर राष्ट्रबैंक भने आर्थिक तथ्यांक र देशको आवश्यकता अनुसारको मौद्रिक नीति ल्याउने अडानमा रहेको छ । अर्थतन्त्र चलायमान बनाउने नामा अर्थतन्त्र समस्यामा नफसोस भन्नेमा सचेत रहेर मौद्रिक नीति आउने राष्ट्रबैंक स्रोतको भनाइ छ ।

बजेट पछाडि सबैको ध्यान मौद्रिक नीतिमा छ । खासगरी सेयर बजार र घरजग्गा क्षेत्रका लागि कस्तो मौद्रिक नीति आउला भनेर चासो बढेको छ । राष्ट्र बैंक आँफैले सेयर बजार र घरजग्गालाई केन्द्रमा राखेर दशकयता नीतिहरु तय गर्न थालेपछि मौद्रिक नीति ‘सेयर र जग्गा नीति’ बन्न पुगेको छ। 

राष्ट्र बैंक स्रोतका अनुसार ऋण बिस्तार लक्ष्य ११ प्रतिशत हाराहारी हुने छ। राष्ट्र बैंकले निर्माण क्षेत्रलाई चलायमान बनाउन घर निर्माण कर्जामा केही खुकुलो नीति लिने बताइएको छ। सेयर बजारमा भने संसय छ ।

केही समयअघि गभर्नर आँफैले सेयर ब्रोकरहरुसँग छलफल गरेका थिए । उनीहरुको आँकलनमा, गभर्नरले यसपाली सेयर बजारमा झन् कडाइ गर्ने छन्।

उनले बैंक तथा वित्तीय संस्थाहरुमार्फत गइरहेको सेयर धितो ऋणलाई हटाएर ब्रोकरमार्फत मात्र लागू गर्ने नीति लिने ब्रोकरहरुको बुझाइ छ।

Categorized in बिजनेस