गैरआवासीय नेपालीहरुले नागरिकता पाए
SamacharDesk | २०८० आश्विन ३०, मंगलबार

गैरआवासीय नेपालीहरुले आजबाट नेपाली नागरिता प्राप्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज विहान बालुवाटारमा आयोजित कार्यक्रमबाट गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र उपाध्यक्ष बद्री केसीलाई नागरिकता प्रदान गर्दै नागरिकता वितरण शुरु गर्नुभएको हो ।
एनआरएनएको ११औँ महाधिवेशनका अवसर पारेर नागरिकता वितरण शुरु गरिएको हो । मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गैरआवासीय नेपालीहरुसँगको भेटमा उहाँले गैर आवासीय नेपालीहरु पहिलाको भन्दा नेपालप्रति चासो र चिन्ता व्यक्त गर्न थालेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले ५० औं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रवन्ध गरिएको बताउनु भयो ।
उहाँले गैर आवासीय नेपालीका सम्बन्धित थुप्रै सवालहरुलार्ई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने पहल गरेको बताउनु भयो ।
उहाँले नेपाल सरकारले विदेशी लगानीको न्युनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको उल्लेख गरेको बताउनु भयो । उहाँले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाइएको बताउनु भयो ।
उहाँले वैदेशिक रोजगारीमा रहेका श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय लागू भइसकेको समेत बताउनु भयो ।
Categorized in राष्ट्रिय