arin enterprises

एनसेललाई नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड

SamacharDesk | २०७९ भाद्र १७, शुक्रबार

विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड दाबी गरिएको नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटाले जनवरी–जुन २०२२ का लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ ।

एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको जनाइएको छ ।

ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीड टेस्ट आई ओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीड टेस्टलाई तुलना गरेको जनाइएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यो अवार्ड आफूहरुले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिहेको पुष्टि गरेको टिप्पणी गर्नुभएको छ ।

हरेक वर्ष एनसेलले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पूर्वाधारमा निरन्तर लगानी गर्दै आएकोछ ।

देशको ८५ प्रतिशत जनसंख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै, एनसेलले जुन २०१७ बाट संचालनमा ल्याएको यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको छ।

Categorized in बिजनेस