नेपाली कांग्रेस ललितपुर इकाईमा नयाँ सदस्यता थपियो
SamacharDesk | २०८१ फाल्गुण ३, शनिबार

नेपाली कांग्रेस ललितपुर जिल्ला वडा ईकाई कमिटिद्वारा नयाँ सदस्यहरुलाई पार्टी प्रवेश गराएको छ ।
नेपाली कांग्रेसको नयाँ सदस्य बनाउने १०० दिने विशेष अभियान अन्तर्गत शनिबार एक कार्यक्रमकाबीच ललितपुर वडा नं. २ ईकाई कमिटिले १० जनालाई पार्टी प्रवेश गराएको हो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य मदन बहादुर अमात्य तथा महासमिति सदस्य मथुरा प्रसाद घिमिरेको विशेष आतिथ्यमा भएको कार्यक्रममा नयाँ सदस्यहरुलाई खादा तथा फुलमाला लगाई पार्टी प्रवेश गराएको हो । कार्यक्रममा पुराना क्रियाशील सदस्यहरुलाई परिचयपत्र वितरण गरेको थियो ।
सो अवसरमा केन्द्रीय सदस्य अमात्यले नयाँ पार्टी प्रवेश गरेका सदस्यहरुलाई स्वागत गर्नुका साथै पार्टीमा इमान्दार तथा निष्ठाका साथ जुझारु भई काम गर्न अनुरोध गर्नुभयो ।
यस्तै पुराना क्रियाशील सदस्यहरुले गरेको कामलाई स¥हाना गर्दै भविष्यमा अझ क्रियाशील भई काम गर्न निर्देशन दिनुभयो ।
उहाँले १०० दिने विशेष अभियानको समयमा मात्र नभई जहिले पनि नयाँ सदस्यहरुलाई पार्टीमा आबद्ध गराउँदै जान पनि आह्वान गर्नुभयो ।
