arin enterprises

पूर्वमन्त्री एवं मेयर पिएल सिंहको निधन

SamacharDesk | २०८१ पौष १, सोमबार

काठमाडौंका पूर्वमेयर पीएल सिंहको ८५ बर्षको उमेरमा आज निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर समेत हुनु भएको थियो ।

उहाँकै पालामा वि.सं. २०५२ मंसिर २९ गते काठमाडौंलाई महानगरपालिका घोषणा गर्नुभएको थियो । लामो समयदेखि अस्वस्थ रहनुभएका उहाँको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।

लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गर्नुभएका उहाँ राजनीतिबाट वितृष्णा जागेपछि निष्कृय भइ बस्नुभएको थियो ।

स्व. सिंहको सम्मानस्वरुप काठमाडौँ महानगरपालिकाले आज पुस १ गते शोक बिदा दिएको छ । महानगरले एक सूचना प्रकाशित गरी विदा दिएको हो ।

महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ ।

Categorized in राष्ट्रिय