arin enterprises

संसदको वर्षे अधिवेशन सुरु

SamacharDesk | २०७९ जेठ ३, मंगलबार

प्रतिनिधिसभाको वर्षे अधिवेशन आजबाट सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको करिब ९ महिनादेखिको अवरोध पछि आज अधिवेशन बसेको हो ।

बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको थियो ।

आजको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोेल्नु भएका एमाले सांसद प्रदीप ज्ञवालीले ज्ञवालीले मुलुका राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न एमालेले बिरोधको स्वरुपलाई परिवर्तन गरेको बताउनु भयो । देश गम्भीर शंकटमा परेका बेला पनि सरकार सत्ता सेटिङमा ब्यस्त भएको उहाँले आरोप लगाउनुभयो ।  

आज बसेको प्रतिनिधि सभामा विभिन्न ८ वटा विधेयक पेस भएको छ । प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गर्नुभयो । 

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ पेस गर्नुभएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेस गर्नुभएको छ ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाबिरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्नुभएको छ ।

Categorized in राष्ट्रिय