arin enterprises

भगवान रामको प्राण प्रतिष्ठा गरिंदै

SamacharDesk | २०८० माघ ८, सोमबार

रामको जन्मभूमि अयोध्यामा आज भगवान रामको प्राण प्रतिष्ठा गरिरहेको छ ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले प्राण प्रतिष्ठाका लागि भारतभित्रका ठूलो संख्यामा धर्मगुरू, सन्त–महन्थलाई निमन्त्रणा दिनुका साथै नेपालका दुई दर्जनभन्दा बढी केही धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा सहभागी हुन निम्तो दिएको छ ।

प्राण प्रतिष्ठामा बिश्वका गन्यमान्य ब्यक्तित्व लगाएत भारतका चर्चित कलाकार धनाढ्यहरु सहभागी हुने भएका छन् । प्राण प्रतिष्ठाका लागि अधोध्याको राम मन्दिर सजीसजाउ गरिएको छ ।

अप्रीय घटना हुन नदिन र भीड नियन्त्रणका लागि हजारौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । राम मन्दिरका लागि १ हजार ८ सय करोड भारतीय रुपैयाँको बजेट बिनियोजन गरिएको थियो ।

मन्दिर निर्माणका लागि ४ करोड भारतीय नागरिकहरुले स्वेच्छाले चन्दा सहयोग गरेका छन् । यस मन्दिरमा ४४ वटा द्वार र ३ सय ९२ पिलर रहेका छन् ।

तीन तलाको राममन्दिर पूर्वपश्चिम दिशामा ३ सय ८० फिट लम्बाइको र २ सय ३५ फिट चौडाइको रहेको छ । हरेक तला २० फिट उचाइका छन् ।

जमिनबाट गर्भगृहको चुचुरोको उचाइ १ सय ६१ फिटको छ ।

Categorized in अन्तर्राष्ट्रिय