राप्ती नदि फसेका २६ जनाको उद्धार
SamacharDesk | २०८० श्रावण १०, बुधबार

बाँके जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले साउन ९ गते बेलुका सकुशल उद्वार गरेको छ ।
नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदिको वहाव बढेपछि भंगालोमा फसेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्वार सामाग्री सहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्वार गरेको हो ।
Categorized in राष्ट्रिय