arin enterprises

११६ नक्कली एसईइ परीक्षार्थी पक्राउ

SamacharDesk | २०७९ चैत्र २३, बिहिबार

मुलुकभर अहिले यस वर्षको एसईई परीक्षा भइरहेको छ ।

परीक्षासँगै नक्कली परीक्षार्थीहरु पक्राउ पर्नेहरु पनि अहिलेसम्म सयौं पुगिसकेको छ । विहीबार मात्रै मोरङमा एसईई परीक्षा दिइरहेका ११६ जना नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन् ।

अनुगमन टोलीले अरुको नाममा परीक्षा दिइरहेका तिनीहरुलाई मोरङका विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उहाँले जानकारी दिनुभयो । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, केराबारी गाउँपालिका-७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका(१ स्थित जनता माध्यामिक विद्यालयबाट २०  पक्राउ गरिएको जनाएको छ ।

Categorized in समाज