arin enterprises

श्रीलंका क्रिकेटमाथिको निलम्बन हटाइयो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १५, सोमबार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले श्रीलंका क्रिकेटमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । आइसिसी सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लंघन गरेको भन्दै गत नोभेम्बरमा श्रीलंका क्रिकेटलाई निलम्बन गरिएको थियो ।

श्रीलंका क्रिकेटमाथि राजनीतिक हस्तक्षेप भएको समेत बताएको थियो । एक वर्षअघि देखि नै श्रीलंका क्रिकेटका पदाधिकारी र खेलकुदमन्त्री रोशन रणसिंघेबीच विवाद चल्दै आएको थियो ।

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि मन्त्री रोशन रणसिंघेले बोर्डलाई बर्खास्त गरेका थिए ।

मन्त्री रणसिंघेले क्रिकेट बोर्डमा भ्रष्टाचार र अव्यवस्थाको आरोप लगाउँदै मन्त्रालयले श्रीलंका क्रिकेटलाई बर्खास्त गरेको थियो ।

त्यसपछि श्रीलंकाको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुंगालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको श्रीलंका खेलमन्त्रालयले जनाएको थियो ।

त्यसपछि यसलाई सरकारी हस्तक्षेप भन्दै आइसिसीले क्रिकेट श्रीलंका नै निलम्बन गरिदिएको थियो ।

Categorized in स्पाेर्ट्स