स्विडेन युरोकप महिला फुटबलको सेमिफाइनलमा
SamacharDesk | २०७९ श्रावण ७, शनिबार

बेल्जीयमलाई हराउँदै स्विडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
म्यान्चेस्टरमा गएराति भएको क्वाटरफाइनल खेलमा स्विडेनले बेल्जीयमलाई १–० ले हरायो । प्रतिस्पर्धात्मक खेलमा स्विडेनलाई विजयी गराउन लिन्डा सेम्ब्रान्टले अतिरिक्त समयमा निर्णायक गोल गरिन् ।
जितसँगै स्विडेनले आयोजक इंग्ल्याण्ड विरुद्धको सेमिफाइनल भिडन्त तय ग¥यो । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा आज राति फ्रान्स र नेदरल्याण्ड्स भिड्ने छन् ।
विजेता टोलीले सेमिफाइनलमा युरोकप महिला फुटबलको सर्वाधिक सफल टोली जर्मनीको सामना गर्नेछ ।
Categorized in स्पाेर्ट्स