arin enterprises

टोटनह्याम हट्सपर र नटिङ्घम फरेष्ट विजयी

SamacharDesk | २०७९ पौष २१, बिहिबार

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपर र नटिङ्घम फरेष्ट विजयी भएका छन् ।

लण्डन क्लब टोटनह्यामले आफ्नै शहरको प्रतिद्धन्दी क्रिष्टल प्यालेसलाई ४–० ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गर्दा म्याट डोहेर्टी र ह्युङ मिन सनले एक एक गोल थपे ।

जितसँगै टोटनह्याम हट्सपर प्रिमियर लिगको अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । १८ खेलबाट उसको ३३ अंक भएको छ । १७ खेलबाट ३५ अंक जोडेको म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा रहँदा शिर्ष स्थानको आर्सनलको ४४ अंक छ ।

प्रिमियर लिगमा गएराति भएका अन्य खेलहरुमा नटिङ्घम फरेष्टले साउथह्याम्पटनलाई १–० ले हराउँदा लिड्स युनाइटेड र वेष्ट ह्याम युनाइटेडले २–२ गोलको तथा एस्टन भिल्ला र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेलेका छन् ।

Categorized in स्पाेर्ट्स