जोकोभिचले जिते २४औं ग्राण्ड्सलाम उपाधि
SamacharDesk | २०८० भाद्र २५, सोमबार
नोभाक जोकोभिचले यस वर्षको यु.एस ओपन टेनिसको उपाधि जितेका छन् ।
अमेरिकाको न्युयोर्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा ३६ वर्षीय जोकोभिचले रसियन खेलाडी ड्यानिएल मेदभेदेवलाई ६-३, ७-६ ९७-५०, ६-३ ले पराजित गर्दै यूएस ओपनको उपाधि जिते ।
जितसँगै जोकोभिचले टेनिसको इतिहासमा सर्वाधिक २४ ग्राण्डस्लाम जित्ने मार्गरेट कोर्टको किर्तीमान बराबरी गरेका छन् ।
अष्ट्रेलियन खेलाडी कोर्टले सन् १९६० देखि ७७ सम्म १७ वर्षको व्यवसायिक खेल करियरमा २४ ग्राण्डस्लाम जितेकी थिइन् ।
यसपटक युएस ओपनको उपाधि जित्दै जोकोभिचले उक्त किर्तीमान भेटाएका हुन् ।
महिलातर्पm भने अमेरिकी खेलाडी कोको गौफले उपाधि जितेकी छिन् ।
अमेरिकाको न्युयोर्कमा सम्पन्न फाइनल खेलमा बेलारुसकी अरिना साबालेन्कालाई हराउँदै गौफले करियरमा पहिलो ग्राण्डस्लाम जितेकी हुन् ।
साबालेन्का विरुद्धको खेल गौफले २–६, ६–३ र ६–२ ले जितिन् । यो हारपछि अष्ट्रेलियन ओपन च्याम्पियन साबालेन्काले भने करियरमा दोस्रो ग्राण्डस्लाम उपाधिको लागि प्रतिक्षा गर्नुपर्ने भएको छ ।
हारका बाबजुद साबालेन्का महिला विश्व वरियताको शिर्ष स्थानमा पुगेकी छिन् ।
Categorized in स्पाेर्ट्स