arin enterprises

नेउप महिला उद्यमी मञ्चद्धारा राहत वितरण

SamacharDesk | २०७९ माघ ६, शुक्रबार

नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ ।

नेपाल उद्योग परिसंघको केन्द्रिय कार्यालय थापाथलीमा एक कार्यक्रमबीच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

मञ्चले ५५० थान बाक्लो कम्मल, ५५० थान उनको टोपी, ५५० थान उनको मोजाका साथै चिउरा कर्मायोग संस्थाका समुदाय विकास निर्देशक सौरभ रिमाललाई प्रदान गर्नुभएको थियो ।

राहतका सामाग्रीहरु सुनसरी जिल्ला बराह नगरपालिकाका वडा नं ४, ६, ७, ८, ९, १०, ११ मा रहेका प्रकाशपुर, चक्रगढी, मानपुर गाँउका मुसहर, मधेशी, जनजाती, पिछडिएका समुदायहरु र विपन्न परिवारम्म पु¥याइदैछ ।

राहत सामग्री बुभ्mदै महिला उद्यमी मञ्चद्वारा गरिएको सहयोग र सहकार्यको संस्थाका निर्देशक रिमालले प्रशंसा गर्दै धन्यवाद दिनुभयो ।

साथै, राहतका सामाग्रीहरु राजधानीबाट सम्बन्धित गाउँमा उचित तवरबाट २ देखि ३ दिनको समयावधिमा पुगि सक्ने जनाउनु भयो ।

कार्यक्रममा राहत वितरण कार्यक्रममा नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चका संयोजक छाँया शर्मा, किरण सुजका महानिर्देशक विदुषी राणा, चौधरी ग्रुपका प्रतिनिधि आसरता कार्की चौधरी, लाङटाङ्ग रिटेकिङ्ग तथा एकस्पिडिशनका महानिर्देशक पम्फा धमला, महिला उद्यमी मञ्चका सदस्यहरु सरिता लामा, अनुजा सर्राफ तथा जावलाखेल ग्रप अफ इण्डष्ट्रिजका करर्पोरेट अधिकृत आरती लामाको उपस्थिति रहेको थियो ।

Categorized in समाज