टहराभित्र घाँटी काटिएको अवस्थामा महिला फेला
SamacharDesk | २०७८ फाल्गुण २४, मंगलबार

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा परालले छोपेर राखेको अवस्थामा महिलाको शव फेला परेको छ ।
तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५र४० वर्षीया महिलाको शव फेला परेको हो ।
सोमबार राति साढे १० बजे स्थानीयले खबर गरेपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरिक्षक शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
उक्त महिलाको घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर जानकारी दिए । ती महिलाको नाम ठेगाना खुलेको छैन ।
सो टोलीले घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध