कुखुरा फार्ममा आगलागी हुँदा लाखौंको धनमाल नष्ट
SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

झापाको कुखुरा फार्ममा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।
भद्रपुर नगरपालिका–३ पैतिसलाईन बस्ने कुल बहादुर बिष्टको कुखुराको फार्ममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी भएको हो ।
आगलागीमा कुखुरा फार्म र फार्ममा रहेका एक सय ५० वटा कुखुरा समेत पूर्णरुपमा जलेको छ ।
आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताएको छ ।
स्थानीयबासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।
Categorized in समाज