arin enterprises

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ कार्तिक ११, मंगलबार

काठमाडौंको महाराजगंजमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।

सडकमा पार्किङ गरिराखेको एक मोटरसाइकलमा स्कुटर ठोक्किन गई स्कुटर चालक बुढानीलकण्ठ चपली बस्ने ४५ वर्षीय सन्दिप गिरीको मृत्यु भएको हो । 

सडकमा पार्किङ गरिराखेको बा.८४ प ५६४० नम्बरको मोटरसाइकलमा प्रदेश ३–०२–०१४ प ९७९८ नम्बरको स्कुटर ठोक्किन गएएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारको लागी शिक्षण अस्पताल महाराजगंज लगिएको थियो भने त्यहिँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।

Categorized in समाज