राजकीय सम्मानका साथ आवेको अन्त्येष्टी गरियो
SamacharDesk | २०७९ आश्विन ११, मंगलबार

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
गत जुलाईमा निधन भएका आवेको तीन महिनापछी अन्तेष्टि गरिएको हो । अन्त्येष्टी समारोहमा विश्वभरका नेताहरुको सहभागिता रहेको थियो ।
जापानमा सामान्यतया राजपरिवारका सदस्यको निधन हुँदा मात्रै राजकीय अन्त्येष्टिको व्यवस्था हुने गरेकोमा लोकप्रिय नेताका रुपमा परिचित र लामो समयसम्म प्रधानमन्त्री पदमा रहेको भन्दै आवेलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
अन्तेष्टि समारोहमा आवेलाई १९ तोपको सलामी समेत दिइएको थियो । समारोहमा करिब १ सय देशका नेता सहभागी थिए ।
अन्त्येष्टीमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित २ सय ५० देशका ७ सय बढी प्रतिनिधी सहभागी भएका थिए ।
आबेको अन्तेष्टि समारोहमा १ दशमलव ८ बिलियन जापानी येन खर्च भएको अन्तराष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय