पूर्व प्रधानमन्त्री आवेलाई गोली हानियो
SamacharDesk | २०७९ आषाढ २४, शुक्रबार

जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आवेलाई एक अपरिचित व्यक्तिले गोली हानिएको छ ।
जापानको नारा भन्ने एउटा सहरको कार्यक्रममा भाषण दिन जाँदै गर्दा उहाँमाथि गोली हानिएको हो ।
छातिमा गोली लागेर ढलेका आवेको होस नरहेको र उहाँलाई तत्काल अस्पताल लगिएको क्योदो समाचार एजेञ्सीले जनाएको छ आवेमाथि आक्रमण गर्ने परिचय नखुलेको ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आवेमाथि आक्रमण लगत्तै चार वटा हेलिकप्टरहरु आकाशमा घुमेको बताइएको छ । सन् २०१२ गते २०२० सम्म आवे जापानको प्रधानमन्त्री हुनुहुन्थ्यो ।
कमजोर स्वास्थ्य अवस्थाका कारण उहाँले राजीनामा गर्नुभएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय