एसी मिलानको लगातार दोस्रो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १०, आइतबार

इटालियन सिरी ए मा एसी मिलानले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा टोरिनोलाई ४–१ ले हराउँदै एसीले दोस्रो जित निकालेको हो ।
घरेलु मैदान सान सिरोमा एसीलाई जित दिलाउन क्रिष्टियन पुलिसिकले ३३ औं मिनेटमा पहिलो गोल गरे । त्यसको तीन मिनेटपछि नै पर स्चर्सले बराबरी गोल फर्कायो ।
आफैलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै ओलिभियर जिराउडले अग्रता २–१ को बनाए ।
इन्जुरी समयमा थियो होर्नान्डेजले गोल गर्दै पहिलो हाफमै घरेलु टोलीलाई ३–१ को अग्रता दिलाएका थिए ।
६५औं मिनेटमा राफेल लिओलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै जिराउडले टोलीलाई सहज जित दिलाएका हुन् ।
यो जितसँगै एसी मिलान ६ अंक सहित शीर्षस्थानमा यथावत रहेको हो । उसले पहिलो खेलमा बोलोग्नालाई २–० ले हराएको थियो ।
Categorized in स्पाेर्ट्स