सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु
SamacharDesk – बिकाश | २०७७ पौष १४, मंगलबार

वीरगंजको रेणुका पथ अगाडि सोमबार राती भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ना. ८ प ४५४ नम्बरको मोटरसाइकल ना.७ ख ५९२७ नम्बरको कन्टेनरमा ठोक्किन जाँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा बारा कोल्वी नगरपालिका–१० बस्ने ३२ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनलाई उपचारको लागि तराई अस्पताल वीरगंज लगिएकोमा सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय जयकान्त चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज