arin enterprises

टीपरले हानेर मोटरसाइकल चालकको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष ११, शनिबार

चितवनको रत्ननगरमा ट्रीपरले मोटरसाइकललाई ठक्कर मोटर साइकल चालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–३ विद्युत चोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट बुङताङ बस्ने २५ वर्षीय सुब बहादुर तामाङको मृत्यु भएको हो ।

विद्युत चोकको सडकमा ना.६ ख २३९८ नम्बरको ट्रिपरले बा.४१ प ८६४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएको थिए ।

घाइते भएका तामाङलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर पुयाइएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनकोमृत्यु भएको हो ।

दुवै सवारी साधनको साथमा ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज