arin enterprises

ट्याक्टर सडकबाट खस्दा चालकको मृत्यु

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

पाँचथरमा आज बिहान भएको सडक दुर्घटनामा सवारी चालकको मृत्यु भएको छ ।

पाँचथरको फिदिम नगरपालिका–१ बतासे खोल्सीस्थित सडकमा मे.१ त ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्याक्टर चालक सुनसरी झुम्का बस्ने २६ वर्षीय सन्तोष लम्जेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लम्जेललाई उपचारको लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

Categorized in समाज